हर्न बजाउने ७८ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार गरिएको विशेष चेकिङको क्रममा हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ७८ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । २०७४ वैशाख १ गते देखि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिए पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तीव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गई हृदयाघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले सम्पूर्ण चालकलाई अनुरोध समेत गरेका छन् ।
त्यस्तै १० ओटा पावर टेलरका चालकलाई पनि आजै ट्राफिक प्रहरीले कारबाही गरेको छ । कृषि प्रयोजनमा दर्ता भएका, ग्रामीण सडकमा मात्रै चलाउने अनुमति लिएका पावर टेलर अन्य प्रयोजनमा र हाइवेमा समेत चलाएको पाइएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण