शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पेलेको सम्मानमा सान्तोसमा सोमबारदेखि २४ घण्टे ‘वेक’ सुरु

सोमबार, १८ पुस २०७९, १९ : ५८
सोमबार, १८ पुस २०७९

ब्राजिल ।  ब्राजिलका महान् फुटबल खेलाडी पेलेको मृतआत्माको शान्तिको कामना गर्दै सोमबारदेखि २४ घण्टे ‘वेक’ (मृत्युसँग सम्बन्धित जमघट) कार्यक्रम शुरू गरिएको छ । 

पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उहाँको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो । मृतकको परिवार, आफन्त र प्रशंसकले उनको आत्मामा सैतानको प्रवेश नहोस भनी प्रार्थना गर्ने क्रिश्चियन परम्परा रहेको छ ।

उनको खेल जीवनको सुरूवाती मैदानको बीचमा राखिएको मृत शरीरमाथि फुलमाला अर्पण गर्दै उक्त शोक सभा सम्पन्न भएपछि उनको क्रिश्चियन परम्परा अनुसार अन्तिम संस्कार मङ्गलबार गरिनेछ । 

तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको हो । साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गान फेलियर’ का कारण भएको जनाएको थियो ।रासस/एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप