पेलेको सम्मानमा सान्तोसमा सोमबारदेखि २४ घण्टे ‘वेक’ सुरु
ब्राजिल । ब्राजिलका महान् फुटबल खेलाडी पेलेको मृतआत्माको शान्तिको कामना गर्दै सोमबारदेखि २४ घण्टे ‘वेक’ (मृत्युसँग सम्बन्धित जमघट) कार्यक्रम शुरू गरिएको छ ।
पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उहाँको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो । मृतकको परिवार, आफन्त र प्रशंसकले उनको आत्मामा सैतानको प्रवेश नहोस भनी प्रार्थना गर्ने क्रिश्चियन परम्परा रहेको छ ।
उनको खेल जीवनको सुरूवाती मैदानको बीचमा राखिएको मृत शरीरमाथि फुलमाला अर्पण गर्दै उक्त शोक सभा सम्पन्न भएपछि उनको क्रिश्चियन परम्परा अनुसार अन्तिम संस्कार मङ्गलबार गरिनेछ ।
तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको हो । साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गान फेलियर’ का कारण भएको जनाएको थियो ।रासस/एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण