‘प्रेमिकासँग ब्रेकअप गर...’ भन्दै स्टार प्लेयरका लागि साइन भयो हजारौँ पिटिशन
अर्जेन्टिनाको टिम फिफा विश्व कप २०२२ को उपाधि जित्न सफल भएको थियो । अन्तिम प्रतिस्पर्धामा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो । यो जीतका साथै लियोनेल मेस्सीको पनि विश्व कप जित्ने सपना पूरा भएको थियो ।
अर्जेन्टिना टिमको शानदान प्रदर्शनमा फर्वर्ड प्लेयर जुलियन अल्वारेजले महत्वपूर्ण भूमिका निभाएका थिए । अब तिनै अल्वारेजलाई प्रेमिकासँग ब्रेकअप गर्नका लागि एक अनलाइन याचिका दायर गरिएको छ ।
रोचक कुरा के छ भने यो याचिकामा २० हजारभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । याचिक दर्ता हुनुको कारण अल्वारेजकी प्रेमिका एमेलिया फेरेरो नै हुन् । वास्तवमा क्रिसमसका बेला केही प्रशंसक अल्वारेजसँग एक–एकजना गरी फोटो खिच्न चाहन्थे तर फेरेराले ढिलो हुने भन्दै सबै प्रशंसकलाई एकै ठाउँमा राखेर ग्रुप फोटो खिच्न लगाइन् ।
प्रशंसक यही कुराले रिसाएका थिए र उनले अनलाइन याचिकामा हस्ताक्षर गरिदिए । तर यी दुईलाई यी कुराहरुले केही फरक पारेको छैन । उनीहरुले नयाँ वर्ष सँगै मनाएको तस्बिर इन्स्टाग्राममा सेयर गरे । अल्वारेज र फरेरो अर्जेन्टिनाका एउटै शहरका हुन् र उनीहरु सन् २०१७ देखि सम्बन्धमा छन् ।
फेरोरो एक स्वास्थ्य विज्ञ हुनुका साथै सोसल मिडिया इन्फ्लुएन्सर पनि हुन् । उनी हकी प्लेयर पनि थिइन् । विश्व कपका बेला एमेलिया फेरेरो जुलियन अल्वारेजसँगै रहिन् । उनले लेखेकी थिइन्, ‘तपाईं जहाँ पनि हुनुहुनेछ, म तपाईंको अनुसरण गर्नेछु । म तपाईंलाई आफ्नो बाँकी जीवनका लागि प्रोत्साहित गर्ने कोसिस गर्नेछु ।’
२२ वर्षका जुलियन अल्वारेजले कतारमा भएको विश्व कपका बेला सात खेलमा कुल चार गोल हानेका छन् र उनी गोल्ठेन बुटको रेसमा पनि समावेश थिए । सेमिफाइनल प्रतिस्पर्धामा क्रोएशियाविरुद्ध अल्वारेजले जुन खेल देखाएका थिए त्यो प्रशंसकको मनमा अहिले पनि बसेको होला ।
_0jBNOWpI9c.jpg)
_uYoXl9Tao4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण