३३ करोड राजश्व छल्नेविरुद्ध मुद्दा दायर
काठमाडौँ । अवैध तरिकाले ३३ करोडभन्दा बढी राजश्व छल्ने सुमित एण्ड स्वयता ट्रेडर्सविरुद्ध राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले ६६ करोड ७ लाख मागवादीसहित ट्रेडर्सका प्रोपाइटर पूनित बानियाँविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
रुपन्देही घर भएका पूनितले सिद्धार्थनगर नगरपालिकामा ट्रेडर्स सञ्चालन गर्दै आएका थिए । उनले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सो बमोजिमको कर योग्य आयमा लाग्ने कर रकम समेत सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्नुपर्नेमा अवैध तरिकाले राजश्व चुहावट गरेका थिए ।
बानियाँले नेपाल सरकारलाई नियमअनुसार तिर्नु बुझाउनुपर्ने कर राजश्व नबुझाई निरन्तर एकपछि अर्को फर्मबाट कारोबार गर्दै आएको खुलेपछि पक्राउ गरेर विभागमा मुद्धा दायर गरेको हो । उनले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ र ४ बमोजिमको राजश्व चुहावट गरेका थिए ।
बानियाँले ३३ करोड ३ लाख ५० हजार ८९६ रुपैयाँ राजश्व चुहावट गरेका थिए । चुहावट गरेको राजश्व र शतप्रतिशत जरिवानासहित ६६ करोड ७ लाख १ हजार ७९२ रुपैयाँ मागदाबीसहित उच्च अदालत पाटमा मुद्धा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण