११ औँ तहमा बढुवाका लागि स्वास्थ्य सेवाका ५ जनाको नाम सिफारिस

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एघारौँ तहमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको पुस १४ र १८ गते बसेको बैठकले एघारौँ तहमा बढुवा गर्न पाँचजना डक्टरको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रमुख कन्सलटेन्ट जनरल (फिजिसियन) पदमा डाक्टर दीपक सिग्देल, प्रमुख कन्सलेटेन्ट चेष्ट डिजिजेज पदमा डा. नवीनप्रकाश साह बढुवा सिफारिस भएका छन् ।
यसैगरी प्रमुख मेडिसिन/फरेन्सिक मेडिसिन अधिकृत पदमा डा वीरेन्द्रकुमार मन्डल, प्रमुख कन्सलटेन्ट सर्जन पदमा डा जनार्दन पन्थी बढुवा सिफारिस हुँदा अर्थोर्पेडिक सर्जरी उपसमूहतर्फको प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन पदमा डा. भारतबहादुर खत्री बढुवा सिफारिसमा परेमा छन् ।
मन्त्रालयको सिफारिसअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युट्युबबाट किन हट्यो ‘लापत्ता सन्तान’ ?
-
एक–एक रुपैयाँ चन्दा उठाएर पाइलट बन्ने सपना पूरा गरिरहेका घिसिङ
-
सिमराबाट उपचारको लागि काठमाडौँ ल्याउँदै गर्दा महिलाको विमानमै मृत्यु
-
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबिच भेटवार्ता, के भयो कुराकानी ?
-
नेतृत्वकर्ता कस्तो हुनुपर्छ ?
-
कन्नड भाषाको अनुवादित कृतिलाई यस वर्षको बूकर पुरस्कार