११ औँ तहमा बढुवाका लागि स्वास्थ्य सेवाका ५ जनाको नाम सिफारिस
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एघारौँ तहमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको पुस १४ र १८ गते बसेको बैठकले एघारौँ तहमा बढुवा गर्न पाँचजना डक्टरको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रमुख कन्सलटेन्ट जनरल (फिजिसियन) पदमा डाक्टर दीपक सिग्देल, प्रमुख कन्सलेटेन्ट चेष्ट डिजिजेज पदमा डा. नवीनप्रकाश साह बढुवा सिफारिस भएका छन् ।
यसैगरी प्रमुख मेडिसिन/फरेन्सिक मेडिसिन अधिकृत पदमा डा वीरेन्द्रकुमार मन्डल, प्रमुख कन्सलटेन्ट सर्जन पदमा डा जनार्दन पन्थी बढुवा सिफारिस हुँदा अर्थोर्पेडिक सर्जरी उपसमूहतर्फको प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन पदमा डा. भारतबहादुर खत्री बढुवा सिफारिसमा परेमा छन् ।
मन्त्रालयको सिफारिसअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण