सङ्घीयता र गणतन्त्र विरोधीलाई अस्वीकार नगरे जसपा सरकारमा सहभागी नहुने
जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकले ३ वटा सर्त पूरा नभए सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
पहिलो, सङ्घीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने, राजनीतिक विचार र सिद्धान्त प्रस्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जनता समाजवादी पार्टीका मूलभूत सिद्धान्तहरू सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको प्रतिकुल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम आएमा सरकारमा सहभागी नहुने बताएको छ ।
त्यसै गरी जनता समाजवादी पार्टी, नेपालले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा सहभागी नहुने पार्टीले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
साथै शक्ति बाँडफाँड सम्मानजनक नभएको अवस्थामा पनि सरकारमा सहभागी हुन नसकिने पार्टीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण