शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षमा सुर्खेतमा मात्र ७२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना

बुधबार, २० पुस २०७९, ०८ : ५७
बुधबार, २० पुस २०७९

सुर्खेत । सन २०२२ मा सुर्खेत जिल्लामा ७२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु घटेका छन् । मानवअधिकार संस्था अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सुर्खेतमा मात्रै ७२ वटा घटना घटेका हुन् । 

जसमा सबैभन्दा धेरै माहिला तथा बालबालिकामाथी ज्यादतीका घटना घटेको इन्सेकको तथ्यांकमा उल्लेख छ । ०२२ मा महिलामाथी ४८ वटा घरेलु हिंसाका घटना घटेका छन् भने ९ वटा बलात्कारका घटना भएका छन् । 

बलात्कारमा अधिकाशँ बालिकाहरु पीडित भएको इन्सेकले जनाएको छ । तथ्याङ्क अनुसार एक वर्षको अवधिका सुर्खेतमा ५ वटा हत्याका घटना भएका छन् भने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीमा ४ वटा कुटपीटका घटनाहरु भएका छन् । 

७२ वटा घटनामा जम्मा २ वटा गिरफ्तार भएका छन् भने १ वटा अमानविय व्यवहारका घटना घटेको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए । उनका अनुसार जम्मा घटनामध्ये ५ वटा राज्यपक्षबाट नै घटना घटेको हुन् ।

राष्ट्रिय मानवअधिकार आयोग सुर्खेतका प्रमुख मानबहादुर कार्कीले घरेलु हिंसा र बलात्कारका घटना बढ्नुले महिलाहरु अझपनि आफ्नो अधिकारको प्रयोग गर्नबाट वञ्चित रहनुपर्ने अवस्था रहेको बताए । आर्थिक अवस्था कमजोर भएका नागरिकहरुबाट उजुरी नआउने भएकाले पनि मानव अधिकार हनन भएका घटना पुर्ण रुपमा बाहिर नआउने गरेको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप