एक वर्षमा सुर्खेतमा मात्र ७२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना
सुर्खेत । सन २०२२ मा सुर्खेत जिल्लामा ७२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु घटेका छन् । मानवअधिकार संस्था अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सुर्खेतमा मात्रै ७२ वटा घटना घटेका हुन् ।
जसमा सबैभन्दा धेरै माहिला तथा बालबालिकामाथी ज्यादतीका घटना घटेको इन्सेकको तथ्यांकमा उल्लेख छ । ०२२ मा महिलामाथी ४८ वटा घरेलु हिंसाका घटना घटेका छन् भने ९ वटा बलात्कारका घटना भएका छन् ।
बलात्कारमा अधिकाशँ बालिकाहरु पीडित भएको इन्सेकले जनाएको छ । तथ्याङ्क अनुसार एक वर्षको अवधिका सुर्खेतमा ५ वटा हत्याका घटना भएका छन् भने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीमा ४ वटा कुटपीटका घटनाहरु भएका छन् ।
७२ वटा घटनामा जम्मा २ वटा गिरफ्तार भएका छन् भने १ वटा अमानविय व्यवहारका घटना घटेको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए । उनका अनुसार जम्मा घटनामध्ये ५ वटा राज्यपक्षबाट नै घटना घटेको हुन् ।
राष्ट्रिय मानवअधिकार आयोग सुर्खेतका प्रमुख मानबहादुर कार्कीले घरेलु हिंसा र बलात्कारका घटना बढ्नुले महिलाहरु अझपनि आफ्नो अधिकारको प्रयोग गर्नबाट वञ्चित रहनुपर्ने अवस्था रहेको बताए । आर्थिक अवस्था कमजोर भएका नागरिकहरुबाट उजुरी नआउने भएकाले पनि मानव अधिकार हनन भएका घटना पुर्ण रुपमा बाहिर नआउने गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण