कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक सम्पन्न
बुधबार, २० पुस २०७९, १२ : २९
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक सम्पन्न भएको छ । केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचनका सन्दर्भमा गठित विभिन्न उपसमितिहरुको बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको हो ।
बैठकमा गठित उपसमितिका संयोजकहरुले आ–आफ्नो समितिको प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनहरुलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा समितिका संयोजक श्रेष्ठले प्रस्तुत गर्नेछन् ।
बैठकमा केन्द्रीय सदस्यहरु जीपछिरिङ्ग लामा, आनन्दप्रसाद ढुंगाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाई, रमा कोइराला पौडेल, चन्द्रबहादुर केसी, मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैंजुवाल, पूर्व केन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमितिका सहसंयोजक डा. कृष्णप्रसाद पौडेलले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण