बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कानुन व्यवसायीहरुको शिर झुक्न नदिने गरी काम गर्छु : महान्यायाधिवक्ता

बुधबार, २० पुस २०७९, १६ : ०३
बुधबार, २० पुस २०७९

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानुन व्यवसायीहरुको शीर झुक्न नदिने गरी आफूले कार्य सम्पादन गर्ने बताएका छन् । महान्यायाधिवक्ता पोखरेलले आफू भागेर र लुकेर हिँड्ने गरी काम गर्ने पक्षमा नरहेको पनि स्पष्ट गरे ।  

सर्वोच्च अदालत बार एशोसिएशनले बुधवार बधाई तथा शुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो बल, बुद्धि र विवेक न्याय क्षेत्रको गरिमा बढाउन केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरे । महान्यायाधिवक्ता पोखरेलले न्याय क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि आफू कानून व्यवसायीहरुसँग छलफल गरेर आवश्यक निर्णय लिन तत्पर रहेको समेत बताए । उनले आफूले कार्य सम्पादन शुरु मात्रै गरेकाले अहिले नै ओभर स्मार्ट हुने कुरा घातक हुने भन्दै सबैसँग बुझेर अघि बढ्ने बताए । 

महान्यायाधिवक्ता पोखरेलले भने, ‘म यतिमात्रै निवेदन गर्न चाहन्छु–मेरो बलबुत्ता, बुद्धि, विवेकले भ्याएसम्म कानून व्यवसायीको शिर झुक्ने किसिमको काम मबाट हुनेछैन भन्ने कुरामा मलाई आत्मविश्वास छ । भवितव्यले तलमाथि पारेछ भने त्यतिबेल यहाँहरुसँग बसेर परिस्थितिको बारेमा छलफल गर्न म ओपन भएर आउनेछु । शिर लुकाएर, अनि त्यसपछि भागेर लुरुक्क परेर हिँडने वातावरण कम्तिमा हुनेछैन भन्ने कुराको प्रतिवद्धता जनाउनु चाहन्छु । म महिले विचार दिने परिपक्व अवस्थामा पनि छैन । गर्नुपनि हुँदैन । किनभने ओभरस्मार्ट देखिनु भनेको संस्थाका लागि घातक हुन्छ । म यति निवेदन के गर्न चाहन्छु भने–ती समस्याहरुको समाधानको बारेमा बारेमा यहाँहरुले देखेको दृष्टिकोण के हो ? एउटा अन्तरक्रिया राख्नुस् । मपनि आउँछु । त्यसमा समयसीमासहितको छलफल गरेर त्यसको नेतृत्व लिन म जतिबेला पनि तत्पर रहन्छु ।’

महान्यायाधिवक्ता पोखरेलले न्यायमा सबैको पहुँच पु¥याउने कामलाई तिब्रता दिने आफ्नो कार्ययोजना रहेको बताए ।  कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लयर्स एकेडेमी स्थापना गर्न, नेपाल बारको आफ्नै भवन निर्माणका लागि पहल गरिदिन महान्यायाधिवक्ता पोखरेलसँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप