फ्रान्सको व्यङ्ग्य पत्रिका चार्ली हेब्दोले खामेनीको कार्टुन प्रकशित गरेपछि तेहरानले दियो यस्तो चेतावनी
विवादास्पद पत्रिका चार्ली हेब्दोले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई चित्रण गर्ने कार्टुन प्रकाशित गरेपछि इरानले फ्रान्सलाई चेतावनी दिएको छ । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले ट्वीटरमा फ्रान्सलाई निर्णायक जवाफ दिने चेतावनी दिएका छन् ।
‘धार्मिक र राजनीतिक अख्तियारविरुद्ध कार्टुन प्रकाशित गर्ने फ्रान्सेली प्रकाशनको अपमानजनक र अशोभनीय कार्य प्रभावकारी र निर्णायक प्रतिक्रिया बिना जानेछैन ’, ट्वीटमा भनिएको छ ।
उनले अगाडि भनेका छन्, ‘हामी फ्रान्सेली सरकारलाई आफ्नो कार्पेटमा पाइला टेक्न दिनेछैनौं । उनीहरूले निश्चित रूपमा गलत बाटो रोजेका छन् । यसअघि हामीले यो प्रकाशनलाई प्रतिबन्धहरूको सूचीमा समावेश गरेका थियौँ ।’
विवाद चर्किएपछि इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले यस विषयमा फ्रान्सेली राजदूत निकोलस रोचेलाई बोलाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण