राजनीति
राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने मन्त्रिपरिषद्को निर्णय
बिहीबार, २१ पुस २०७९, १५ : १०
काठमाडौं । रिक्त एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
लुम्विनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित खिमलाल भट्टराईले मंसिर ४ को निर्वाचनअघि राजिनामा दिएपछि एक पद रिक्त भएको थियो । सो पदमा उपनिर्वाचन गर्न मन्त्रिपरिषदले बिहीबार निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले सोही मितिमा उपनिर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँग पनि परामर्श गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण