राजनीति
राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने मन्त्रिपरिषद्को निर्णय
बिहीबार, २१ पुस २०७९, १५ : १०

काठमाडौं । रिक्त एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
लुम्विनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित खिमलाल भट्टराईले मंसिर ४ को निर्वाचनअघि राजिनामा दिएपछि एक पद रिक्त भएको थियो । सो पदमा उपनिर्वाचन गर्न मन्त्रिपरिषदले बिहीबार निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले सोही मितिमा उपनिर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँग पनि परामर्श गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
संसद्मा थिङको नियमापत्ति : मानवतस्करी भनेर कसलाई भन्न खोजिएको हो ? पुष्टि गर्न सकिन्छ ?
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा