विदेशी खेलाडीले लिएनन् श्रम स्वीकृति, कारवाहीको तयारीमा श्रम विभाग
काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगमा आएका विदेशी खेलाडीहरुले श्रम स्वीकृति नलिँदा श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले कारवाहीको तयारी थाल्ने भएको छ । विभागका प्रवक्ता मनिनाथ गोपेले हालसम्म कुनै पनि खेलाडीले विभागबाट श्रम स्वीकृति नलिएकोले अब कानुनी प्रकृया अनुसार अगाडी बढ्ने बताए ।
श्रम स्वीकृतिका लागि ६ टोलीका ३२ जना विदेशी खेलाडीको माग आएपनि हालसम्म स्वीकृत लिएका छैनन् ।
‘अहिलेसम्म कुनै पनि खेलाडीले श्रम स्वीकृति लिएका छैनन् । हामीले बारम्बार ताकेता गरिरहेका छौं । सञ्चारमाध्यममा आएका समाचारप्रति हामी जानकार छौं । अब कानुनी प्रकृयाबाट अघि बढ्छौं,’ प्रवक्ता गोवेले रातोपाटीसँगको कुराकानीमा भने । पुष आठ गते सम्बन्धित ६ क्लबहरुले श्रम स्वीकृतिका लागि आवेदन दिएका थिए । आवश्यक कागजात पूरा नभएपछि विभागले थप कागजातको माग गरेको थियो । तर, विभागमा हालसम्म कुनै पनि क्लबले थप कागजात पेस गरेका छैनन् ।
विदेशी खेलाडीको सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँगै गृह मन्त्रालयको समेत सिफारि आवश्यक पर्छ । श्रम स्वीकृतिका लागि प्रत्यक खेलाडी १५ हजार रुपैया राजश्व बुझाउनु पर्ने हुन्छ । ‘श्रम स्वीकृतिका लागि प्रत्येक खेलाडीले १५ हजार रुपैया बुझाउनु पर्छ । यदि श्रम स्वीकृति नलिएपछि दुई लाख रुपैया सम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ,’ उनले भने ।
विभागलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोगले पनि गत १८ गते सात दिनसम्म विदेशी खेलाडीले श्रम स्वीकृत लिए नलिएको विषयमा जवाफ पठाउन निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण