शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विधान पारित गर्दै सक्यो लोसपाको बैठक

शुक्रबार, २२ पुस २०७९, १८ : २३
शुक्रबार, २२ पुस २०७९

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ । लोसपा मधेस प्रदेश समितिका अध्यक्ष एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको विधान परिमार्जनसहित पारित गरेको हो ।

संसदीय दलबाट पारित सो विधान अनुमोदनका लागि केन्द्रमा पठाउने निर्णय भएको प्रदेशका अध्यक्ष सोनलको निजी सचिवालयले जनाएको छ । केन्द्रबाट अनुमोदन भएर आएपछि विधानअनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढ्ने बताइएको छ । संसदीय दलको नेता सर्वसम्मतिबाट नै चयन हुने सम्भावना देखिएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप