शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकाः तीन दिनमा ११ पटकको मतदानपछि पनि छानिएनन् सभामुख, बाइडेनले भने ‘लज्जास्पद’

शुक्रबार, २२ पुस २०७९, २२ : ५५
शुक्रबार, २२ पुस २०७९

अमेरिकामा तीन दिन लगातार ११ पटकसम्म मतदान भए पनि प्रतिनिधिसभाको सभामुख चयन हुन सकेनन् ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बिहीबार भएको मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी पुनः अध्यक्ष निर्वाचित हुन सकेनन् ।

उनले आफ्नै दलका सांसदको समर्थन पाइरहेका छैनन् ।

नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो ।

क्यालिफोर्नियाका सांसद केभिन म्याकाथीलाई जित्नका लागि २१८ मत चाहिन्थ्यो ।

रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनीहरुको विपक्षमा रहेका छन् ।

केभिन म्याकक्याथीलाई भोट नदिएका रिपब्लिकन राल्फ नर्मनले आफूलाई म्याकक्याथीमाथि विश्वास नलाग्ने बताए ।

निर्णय नभएपछि सदन शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

सन् १८६० पछि अमेरिकी संसदको तल्लो सदनले सभामुख पदका लागि यति धेरै पटक मतदान गरेको यो पहिलो पटक हो । त्यतिबेला अध्यक्ष पदका लागि ४४ पटक मतदान भएको थियो ।

संसदमा बनेको यस्तो स्थितिका लागि अमेरिकाको आलोचना पनि भइरहेको छ ।

राष्ट्रपति जो बाइडेनले भनेका थिए, ‘यसलाई यति लामो समयसम्म तान्नु अलि लाजमर्दो कुरा हो । सारा संसारले हामीलाई हेरिरहेको छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप