अमेरिकाः तीन दिनमा ११ पटकको मतदानपछि पनि छानिएनन् सभामुख, बाइडेनले भने ‘लज्जास्पद’
अमेरिकामा तीन दिन लगातार ११ पटकसम्म मतदान भए पनि प्रतिनिधिसभाको सभामुख चयन हुन सकेनन् ।
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बिहीबार भएको मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी पुनः अध्यक्ष निर्वाचित हुन सकेनन् ।
उनले आफ्नै दलका सांसदको समर्थन पाइरहेका छैनन् ।
नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो ।
क्यालिफोर्नियाका सांसद केभिन म्याकाथीलाई जित्नका लागि २१८ मत चाहिन्थ्यो ।
रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनीहरुको विपक्षमा रहेका छन् ।
अमेरिकी संसद में छह बार मतदान के बाद भी नहीं चुना जा सका स्पीकर
— BBC News Hindi (@BBCHindi) January 5, 2023
स्टोरी: https://t.co/lC9yEnLyCc pic.twitter.com/PBmwOp97AO
केभिन म्याकक्याथीलाई भोट नदिएका रिपब्लिकन राल्फ नर्मनले आफूलाई म्याकक्याथीमाथि विश्वास नलाग्ने बताए ।
निर्णय नभएपछि सदन शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
सन् १८६० पछि अमेरिकी संसदको तल्लो सदनले सभामुख पदका लागि यति धेरै पटक मतदान गरेको यो पहिलो पटक हो । त्यतिबेला अध्यक्ष पदका लागि ४४ पटक मतदान भएको थियो ।
अमेरिकी संसद में करीब सौ साल में ऐसा पहली बार हुआ कि बिना अध्यक्ष के ही सदन को स्थगित करना पड़ा.
— BBC News Hindi (@BBCHindi) January 4, 2023
वजह:- https://t.co/JHjvRnfhnu pic.twitter.com/P5pD22L5LF
संसदमा बनेको यस्तो स्थितिका लागि अमेरिकाको आलोचना पनि भइरहेको छ ।
राष्ट्रपति जो बाइडेनले भनेका थिए, ‘यसलाई यति लामो समयसम्म तान्नु अलि लाजमर्दो कुरा हो । सारा संसारले हामीलाई हेरिरहेको छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण