ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिन्छन् : पूर्वराजदूत उपाध्याय
बुटवल । नेपाली काँग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने ठोकुवा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्त्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे । भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी काँग्रेससहित अन्य दलहरू समेत कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उपाध्यायले दलहरूभित्र रहेको भागबन्डा, गुटबन्दी नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनीतिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताए ।
कार्यक्रममा बोल्दै उपाध्यायले भने, चरम “कू“ राजनीति मौलाउँदै गएकाले विरक्त भएर आफू अहिले सक्रिय राजनीतिबाट विश्राम लिएको समेत बताए । उनले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरू सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनीति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको आरोप लगाए ।
नेपालमा गठबन्धन लोकतन्त्र मूल्य मान्यता विपरीत भएको उल्लेख गर्दै पूर्व मन्त्री समेत रहेका उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्नु पर्ने भए पनि पछि विदेशी शक्तिहरूले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको बताए । उनले राजनीतिक दलहरूको दूरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरूले चलखेल गरेको बताउँदै यस्तै अवस्था रहिरहे देश ठुलो सङ्कटमा फस्ने ठोकुवा गरे । प्रचण्डले प्रधानमन्त्री दाबी गर्दा अन्य दलहरुले महत्त्वपूर्ण पदमा दाबी गर्नु स्वाभाविक रहेको बताउँदै यो सरकारले विश्वासको मत ल्याउने कुरामा शङ्का व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण