शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युवतीलाई करणी गरेको अभियोगमा पक्राउ

शनिबार, २३ पुस २०७९, १६ : ४३
शनिबार, २३ पुस २०७९

उदयपुरमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कटारी नगरपालिका-७ रिस्कु बस्ने २३ वर्षीय राम शाही ठकुरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

ठकुरीले ती महिलालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप