बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
शनिबार, २३ पुस २०७९, १७ : ०३
बैंकिङ कसूर मुद्दामा सजाय ठहर भई फरार रहेका एक जना भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका-४ ठेगाना भएका ३७ वर्षी गोकुल खनाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ वैशाख ७ गतेको फैसलाले २ दिन कैद, ५ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-४ नारायणटारबाट पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण