भिल्लारियालसँग रियल स्तब्ध
आइतबार, २४ पुस २०७९, ०५ : ५९
मड्रिड । भिल्लारियालसँग पराजित हुँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यो सिजन रियलको दोस्रो हार हो ।
येरेमी पिनोले दोस्रो हाफको सुरुवातमा नै भिल्लारियाललाई अग्रता दिलाएका थिए । तर, विवादास्पद पेनाल्टीको माध्यमले करिम बेन्जेमाले खेल बराबरी गरे । लगत्तै डेभिड आलाबाले ह्याण्ड बल गरेपछि जेरार्ड मोरेनोले पेनाल्टीबाट गोल गर्दै भिल्लारियाललाई पुनः अग्रता दिलाए । त्यसपछि भने कुनै गोल हुन सकेन र भिल्लारियालले खेल २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
रियल बार्सासँग अङ्क बराबरी गर्दै दोस्रो स्थानमा रहेको छ । बार्साले एक खेल कम खेलेको छ । उसले आइतबार एथ्लेटिको मड्रिडको सामना गर्नेछ । उता भिल्लारियाल भने लगातार तेस्रो जीतसँगै पाँचौँ स्थानमा उक्लेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण