शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चालाई किन खुवाउनु हुँदैन बिस्कुट ? विज्ञबाट थाहा पाउनुहोस् यसका हानी

आइतबार, २४ पुस २०७९, ११ : ०७
आइतबार, २४ पुस २०७९

बच्चाको शारीरिक र मानसिक स्वास्थ्यलाई उत्कृष्ट बनाउने खानेकुरा आफ्नो बच्चाले खाउन् भन्ने हामी सबैको चाहना हुन्छ । प्रत्येक आमाबुवा आफ्नो सन्तान स्वस्थ होउन् भन्ने कुरामा सचेत पनि हुन्छन् । तर बच्चालाई स्वस्थ खानेकुरा खुवाउन कहाँ सजिलो छ र ? किनभने साना बच्चा खानपिनमा असाध्यै आनाकानी गर्छन् र आमाबुवालाई बच्चालाई खाना खुवाउन उनीहरुको पछिपछि दौडनुपर्छ । तर जब तपाईं उनीहरुलाई कुनै चकलेट वा बिस्कुट दिनुहुन्छ तब उनीहरुले झट्पट् खाइहाल्छन् । तर आजकाल के भइरहेको छ भने अभिभावकले मुख्य भोजनको रुपमा बच्चालाई बिस्कुट खुवाउन थालेका छन् किनभने बिस्कुट बनाउने कम्पनीले यो सजिलै पच्ने, स्वादिष्ट र पोषणले भरपुर भएको दाबी गर्छन् । साथै, बच्चाले यो निकै सजिलै पनि खान्छन् । तर के साँच्चै बजारमा पाइने बिस्कुट तपाईंको बच्चाका लागि स्वस्थ छ ?

भारतकी डा. अलका विजयनले आफ्नो एक इन्स्टाग्राम पोस्टमा बालबालिकालाई बिस्कुट खुवाउँदा उनीहरुको स्वास्थ्यमा पर्ने असरबारे विस्तृतमा जानकारी दिएकी छिन् । उनी भन्छिन्, ‘आजकल बिस्कुट र कुकीजहरू बालबालिकाको मुख्य खाना बनेको छ । हामीलाई लाग्छ कि बिस्कुट हल्का हुन्छन् र पचाउन सजिलो हुन्छन्, त्यसैले यो स्वस्थ हुन्छन् । तर हामीलाई के थाहा छैन भने बिस्कुट, कुकिज, रस्क आदिले बच्चालाई गम्भीर हानी पुर्याउन सक्छ र थुप्रै रोगको कारण बन्न सक्छन् ।’

बच्चालाई बिस्कुट खुवाउनु हुन्छ ?

डा. अल्काका अनुसार बिस्कुट बनाउने सामग्रीबारे कुरा गर्ने हो भने यसमा साधारणतया मैदा, बेकिङ पाउडर, नुन, दुध आदि समावेश हुन्छन् ।

– जब यी सामग्रीलाई एकसाथ मिसाइन्छ तब यो मिश्रण स्वास्थ्यका लागि निकै हानीकारक हुने गर्छ । जब दुध र नुन मिसाइन्छ तब दुध फाट्ने गर्छ जसले यसलाई इन्फ्लेमेटरी फुड कम्बिनेसन अर्थात् विरुद्ध आहार बन्ने गर्छ ।

– यसमा पाइने बेकिङ सोडा पनि नियमित रुपमा सेवन गर्नु हुँदैन ।

– यसको टेक्चर ड्राई र क्रन्ची हुन्छ । यो आन्द्रामा ड्राइनेसको कारण बन्ने गर्छ । साथै, यसले ब्लोटिङ कब्जियतको समस्या हुने गर्छ ।

बच्चालाई बिस्कुट खुवाउनुका हानी

– यसले बच्चालाई बिस्कुटको आदि बनाउँछ

– उनीहरुको स्वास्थ्यलाई प्रभावित बनाउँछ ।

– बालबालिकाले पर्याप्त पोषण पाउँदैनन्, प्रतिरोधी क्षमता कमजोर हुन्छ ।

– बच्चा बारम्बार, छिट्टै बिरामी पर्छन् । उनीहरुलाई बारम्बार खोकी लाग्ने, रुघा लाग्ने र ज्वरो आउनेजस्ता समस्या हुन्छन् ।

के बच्चालाई गहुँको, सुगर फ्रि वा भिगन कुकिज दिन सकिन्छ ?

– यो स्वस्थ विकल्प हुन त सक्छ तर नियमित रुपमा यसको सेवनले बच्चालाई हानी मात्रै पुर्याउँछ ।

– त्यसैले बच्चालाई बिस्तारै कम खुवाउन सुरु गर्नुहोस् । हप्तामा एक पटकसम्म खुवाउँदा ठिकै हुन्छ ।

– नुन, क्रिम र भेजिटेबल फ्याट भएका बिस्कुटबाट टाढै बस्नुहोस् ।

– बच्चालाई खुवाउनै परे मनतातो दुधसँग कुकिज खुवाउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप