सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महिला तथा पुरुष भलिबल : पुलिस र आर्मीको जित

आइतबार, २४ पुस २०७९, १३ : ०७
आइतबार, २४ पुस २०७९

काठमाडौँ । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब  नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।
खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले जित्यो । तेस्तै तेस्रो सेट पुलिस क्लब २५–८ ले विजयी भयो । यस जितसँगै पुलिसले प्रतियोगितामा तीन अङ्क जोडेको छ । 

यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लब कृष्ण माध्यमिक एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ । आर्मीले कृष्ण माध्यमिक एकेडेमीमाथि पहिलो सेट २५–३ ले पराजित गर्यो भने खेलको दोस्रो सेट २५–५ ले हरायो । त्यस्तै आर्मीले खेलको तेस्रो सेट २५–१० आफ्नो पक्षमा पार्दै आफ्नो टोलीको जित सुनिश्चित गर्यो । 

च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप