मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्नुपर्छ : राष्ट्रपति भण्डारी

आइतबार, २४ पुस २०७९, १४ : ४९
आइतबार, २४ पुस २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताएकी छन् । 

आइतबार राष्ट्रपति कार्यालयमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरू उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल  गर्ने अझै धेरै कामहरू गर्नुपर्नेमा जोड दिइन् ।   

राष्ट्रपति भण्डारीले बैंक तथा वित्तीय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयहरुमा विश्वविद्यालयहरू, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरुद्वारा अध्ययन अनुसन्धान गरी निजीगत सुधारका लागि सम्बन्धित निकायहरुलाई अभिप्रेरित गर्नु राम्रो भएको बताइन् । उनले आर्थिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मानव संशोधन स्वदेशमा नै उत्पादन गरी स्वदेशकै सेवामा लगाउनका लागि सहकार्य आवश्यक रहेको पनि बताइन् । उनले नवप्रवर्द्धन र उद्यमशीलताका लागि युवा पुस्तालाई अभिप्रेरित गर्न परिसंघको ठुलो नैतिक एवं भौतिक कामको अपेक्षा मुलुकले गरेको पनि बताइन् । उनले आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्द्धन गर्नसके आयातमा आधारित उपभोग प्रणाली यसमा आधारित राजश्व प्रणालीमा सुधार ल्याउन सकिने बताइन् । 

राष्ट्रपति भण्डारीले आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संशोधनका विकासमा मद्दत पु¥याउने हेतुले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा राज्यको परिपूरकको रूपमा परिसंघले थप योगदान दिनेमा आफू विश्वस्त रहेको बताइन् । 

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सम्बन्ध बिस्तार गरी पुँजीको परिचालन गर्नु आजको आवश्यकता भएको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप