आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमा केन्द्रित हुन आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादनमा केन्द्रित हुन नसक्दा पछिल्लो समय मुलुकले आर्थिक समस्याको सामना गर्नुपरिरहेको बताएकी छन् ।
आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आन्तरिक तथा बाह्य कारणको प्रभाव तरलता संकुचन, विदेशी मुद्राको सञ्चितिमा दबाबसँगै पछिल्लो समय राजस्वको संकुचन समेत आन्तरिक उत्पादनको कमजोरी उपज रहेको बताएकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले आत्मनिर्भर अर्थतन्त्रका लागि अब सबै उत्पादनमा केन्द्रित हुनुपर्ने समेत बताइन् । ‘आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पुँजी निर्माणका अब उत्पादनमा केन्द्रित हुनुको विकल्प छैन’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यसका लागि निजी–सरकारी, सबै पक्षहरू लाग्न आवश्यक छ ।’
यसका लागि बैंक तथा वित्तिय वित्तीय संस्थाको भूमिका समेत निकै महत्त्वपूर्ण रहेको बताउँदै उनले सकारात्मक नतिजाका लागि लाग्न आग्रह गरिन् । बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाइ कार्यान्वयन गर्नुपर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ