आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमा केन्द्रित हुन आवश्यक छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादनमा केन्द्रित हुन नसक्दा पछिल्लो समय मुलुकले आर्थिक समस्याको सामना गर्नुपरिरहेको बताएकी छन् ।
आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आन्तरिक तथा बाह्य कारणको प्रभाव तरलता संकुचन, विदेशी मुद्राको सञ्चितिमा दबाबसँगै पछिल्लो समय राजस्वको संकुचन समेत आन्तरिक उत्पादनको कमजोरी उपज रहेको बताएकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले आत्मनिर्भर अर्थतन्त्रका लागि अब सबै उत्पादनमा केन्द्रित हुनुपर्ने समेत बताइन् । ‘आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पुँजी निर्माणका अब उत्पादनमा केन्द्रित हुनुको विकल्प छैन’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यसका लागि निजी–सरकारी, सबै पक्षहरू लाग्न आवश्यक छ ।’
यसका लागि बैंक तथा वित्तिय वित्तीय संस्थाको भूमिका समेत निकै महत्त्वपूर्ण रहेको बताउँदै उनले सकारात्मक नतिजाका लागि लाग्न आग्रह गरिन् । बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाइ कार्यान्वयन गर्नुपर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण