शीतलहर बढेपछि क्षिरेश्वरनाथ नगरपालिकाद्वारा दाउरा वितरण
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले चिसो बढेको भन्दै दाउरा वितरण गरेको छ । शीतलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख सुखदेव यादवले जनाएका छन् ।
उनले नगरपालिकाको १ देखि १० सम्मका वडामा दैनिक ज्याला मजदुरी गरी खाने टोलहरूलाई मध्यनजर गर्दै आगो बाल्दा टिकाउ हुने धेरै बेरसम्म आगो हुने रुखको जारा वितरण गरेको जनाएको छ ।
तराई मधेसमा जोडा याममा शीतलहरको बेला गरिब विपन्नहरूको लागि शीतलहर विपद् जस्तै हुने भएको हुँदा सो को मध्यनजर गरी नगरमा दाउरा वितरण गरिएको नगर प्रमुख यादवले बताए ।
उनले नगरको ग्रामीण भेग बाहेक चिसो मौसममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरूलाई पनि असर परेको र बजारमा आउने यात्रुहरूलाई पनि असर परेको हुँदा बजार क्षेत्रमा पनि दाउरा वितरण गरेको बताए । नगर प्रमुख यादवले चिसो समयभरि नै यसै गरी नगरले दाउरा वितरण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण