शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतको सिम्तामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

आइतबार, २४ पुस २०७९, २२ : ३२
आइतबार, २४ पुस २०७९

सुर्खेत । आइतबार साँझ सुर्खेतको सिम्ता गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सिम्ता गाउँपालिका– ९ की ३५ वर्षीय रमा चन्द रहेकी छन् ।

यस्तै घाइते हुनेमा सोही स्थानकी ५० बर्षीय भिमसरा सुनार र उनकी ८ बर्षीय छोरी आशा सुनार रहेकी छन् । यस्तै ४० वर्षीय माया रोकाय र ३० वर्षीय गंगा खड्का पनि घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ ।  

कर्णाली प्रदेश ०२००१ च ०६०५ नम्बरको उक्त बोलेरो जीप सिम्ता गाउँपालिका–९ को मुङ्ग्रे भन्ने ठाउँमा दुर्घटना भएको हो । जीप चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप