सुर्खेतको सिम्तामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
आइतबार, २४ पुस २०७९, २२ : ३२
सुर्खेत । आइतबार साँझ सुर्खेतको सिम्ता गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सिम्ता गाउँपालिका– ९ की ३५ वर्षीय रमा चन्द रहेकी छन् ।
यस्तै घाइते हुनेमा सोही स्थानकी ५० बर्षीय भिमसरा सुनार र उनकी ८ बर्षीय छोरी आशा सुनार रहेकी छन् । यस्तै ४० वर्षीय माया रोकाय र ३० वर्षीय गंगा खड्का पनि घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश ०२००१ च ०६०५ नम्बरको उक्त बोलेरो जीप सिम्ता गाउँपालिका–९ को मुङ्ग्रे भन्ने ठाउँमा दुर्घटना भएको हो । जीप चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण