जसपामा संगठनको अभिलेख संकलन गर्न जिम्मेवारी तोकियो
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ । विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ ।
विभागले प्रदेश नं १ मा खगेन्द्र माखिम, मधेश प्रदेशमा कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का, बागमती प्रदेशमा विद्युत बज्राचार्य, गण्डकी प्रदेशमा धनप्रसाद तामाङलाई जिम्मेवारी तोकेको छ।
यस्तै लुम्बिनी प्रदेशमा अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर , राष्ट्रिय समितिमा लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी, जनवर्गीय संगठनमा रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव, गैर भौगोलिकमा चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारी,
प्रवास विशेष प्रदेश समितिमा रामसहायप्रसाद यादवलाई जिम्मेवारी तोकेको छ ।
पार्टीले चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तिव्रता दिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण