सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई चित्रबहादुरको प्रश्न : त्यो गठबन्धन कता गयो ?

सोमबार, २५ पुस २०७९, १५ : ५०
सोमबार, २५ पुस २०७९

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नेपालमा सांसद र मन्त्रीहरूको कारखाना खोलेर देशको विकास नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा बोल्दै नेता केसीले गणतन्त्रको पक्षमा लडेकाहरुबाटै गणतन्त्र खतरामा परेको दावी गरे । उनले नेताहरुले सत्ता र पदका लागि मरिहत्ते गर्ने गरेको भन्दै देशलाई आर्थिक सामाजिक रूपले माथि पुर्‍याउने भनेर धेरैपटक कवोल गरिएपनि पुरा नभएको बताए । 

‘यो रोष्ट्रमबाट कसैले पनि देशमा भ्रष्टाचार गर्नुपर्छ, राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामा सौदावाजी गर्नुपर्छ, त्यसो गरेर सरकारमा जानुपर्छ । कालाबजारीयालाई संरक्षण गर्नुपर्छ, सेटिङमा राज्य चलाउनुपर्छ भनेर यो रोष्ट्रमबाट कसैले भनेको मैले सुनेको छैन’, केसीले भने, ‘म यसपटक समेत चार पटक सदनमा आएको छु ।  जजसले पनि यहाँ मिठा चिप्ला कुरा गरे, यो जनताले सदाबहार सुनिरहेका हुन् ।’ 

उनले मुलुकको अर्थतन्त्र डामाडोल भएको भन्दै त्यसतर्फ सोच्न जरुरी रहेको बताए । ‘अहिले पनि मुलुकको अर्थतन्त्र डामाडोल भएको कुरा हामी सबैलाई थाहा छ । यो संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपाल   स्वीजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाका बखत धेरैले पानी खादै वकालत गरेको मैले सुनेको थिएँ । भयो त स्वीजरल्याण्ड ?’, केसीले प्रश्न गरे । 

उनले देशमा उद्योग कलकारखाना खोल्न नपर्ने ? भन्दै ‘भएका कारखाना निजीकरण गर्ने, कारखाना संघीय प्रणालीअनुसार खोलेको सांसद र मन्त्रीहरूको । देशमा सांसद र मन्त्रीको संख्या बढी भयो भने देशको अर्थतन्त्रले धान्छ ? कुनचाही प्रधानमन्त्रीले देशको भ्रष्टाचार बढाउनुपर्छ, अन्त्य गर्नु हुँदैन भनेर भनेको छ ? व्यवहारमा के छ ? देश अहिले पनि बेवारिसे नै छ ।’

उनले राजनीतिक पार्टी र नेताहरूमा जसरी पनि सत्तामा जाने ध्यानबाहेक सिद्धान्त र नीतिलाई लत्त्याउने गरेको बताए । ‘चुनाव लडिसक्नुछैन । यो कसका कारणले हो ? कसैले थोपरेको हो ? हामीले यही चरित्र कायम गरिरह्यौ भने हामीले देश जोगाउन सक्दैनौ, संघीयता त जोगिँदैन नै’, उनले भने, ‘केही सांसद र मन्त्री बनाउँदा केही खुसी त भइएला । म जनतामा जाँदा प्राय जनताले तपाईँले संघीयता खारेज गर्ने भएकाले भोट दिन्छौ भने ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप