कोइला बोकेको रेल वीरगञ्ज सुख्खा बन्दरगाहसम्मै आउने
वीरगञ्ज । विदेशबाट आयात हुने डष्टि कार्गो बोक्ने रेल नेपालसम्मै आइपुग्ने भएको छ । यसअघि, विदेशबाट कोइला लगायत डष्टि कार्गो बोकेर ल्याउने रेल भारतको रक्सौलसम्म मात्रै आउने गथ्र्यो । तर, संरचना तयार भएपछि डष्टि कार्गो बोकेर आउने रेल नेपालसम्म आउने भएको हो । नेपाल इन्टरमोडल विकास यातायात समितिका कार्यकारी निर्देशक आषिश गजुरेलले डष्टि कार्गो बोक्ने रेल वीरगञ्ज सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकीसम्मै आउने बताए । उनले त्यसका लागि आवश्यक पर्ने ट्र्याक बनाएपछि यसअघि रक्सौलमै हस्तान्तरण हुँदै आएको डष्टि कार्गो नेपाली भूमिमै हस्तान्तरण हुने बताए ।
उक्त संरचना बनेपछि नेपाली व्यवसायीलाई समेत फाइदा हुने र डष्टि कार्गो ह्याण्डिलिङ बापतको रकम समेत नेपालमा आउने गजुरेलको भनाइ छ । ‘ड्राइपोर्टको पश्चिमपट्टि डष्टिकार्गो बोक्ने रेल ट्र्याक निर्माण गरिएको छ,’ गजुरेलले भने, ‘पूर्वाधार तयार छ । अब डष्टि कार्गो ह्याण्डिलिङ गर्न तयार छौं ।’ उक्त पूर्वाधारबाट डष्टि कार्गो आवागमन समेत सुरू भएको इन्टरमोडलले जानकारी दिएको छ । हिजो आइतबार २४ वटा डष्टि कार्गो ट्रकहरूको आवागमन भएको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण