मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोइला बोकेको रेल वीरगञ्ज सुख्खा बन्दरगाहसम्मै आउने

सोमबार, २५ पुस २०७९, १६ : ४१
सोमबार, २५ पुस २०७९

वीरगञ्ज । विदेशबाट आयात हुने डष्टि कार्गो बोक्ने रेल नेपालसम्मै आइपुग्ने भएको छ । यसअघि, विदेशबाट कोइला लगायत डष्टि कार्गो बोकेर ल्याउने रेल भारतको रक्सौलसम्म मात्रै आउने गथ्र्यो । तर, संरचना तयार भएपछि डष्टि कार्गो बोकेर आउने रेल नेपालसम्म आउने भएको हो । नेपाल इन्टरमोडल विकास यातायात समितिका कार्यकारी निर्देशक आषिश गजुरेलले डष्टि कार्गो बोक्ने रेल वीरगञ्ज सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकीसम्मै आउने बताए । उनले त्यसका लागि आवश्यक पर्ने ट्र्याक बनाएपछि यसअघि रक्सौलमै हस्तान्तरण हुँदै आएको डष्टि कार्गो नेपाली भूमिमै हस्तान्तरण हुने बताए ।

उक्त संरचना बनेपछि नेपाली व्यवसायीलाई समेत फाइदा हुने र डष्टि कार्गो ह्याण्डिलिङ बापतको रकम समेत नेपालमा आउने गजुरेलको भनाइ छ । ‘ड्राइपोर्टको पश्चिमपट्टि डष्टिकार्गो बोक्ने रेल ट्र्याक निर्माण गरिएको छ,’ गजुरेलले भने, ‘पूर्वाधार तयार छ । अब डष्टि कार्गो ह्याण्डिलिङ गर्न तयार छौं ।’ उक्त पूर्वाधारबाट डष्टि कार्गो आवागमन समेत सुरू भएको इन्टरमोडलले जानकारी दिएको छ । हिजो आइतबार २४ वटा डष्टि कार्गो ट्रकहरूको आवागमन भएको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप