सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

हर्न बजाउने १ सय ७ जना चालकमाथि कारबाही

सोमबार, २५ पुस २०७९, २० : ४७
सोमबार, २५ पुस २०७९

काठमाडौँ । हर्न बजाएर ध्वनि प्रदूषण गर्ने १ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकामा सोमबार गरिएको विशेष चेकिङको क्रममा ती चालकहरू कारबाहीमा परेका हुन् ।

वैशाख १ गते देखि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिए पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तीव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयाघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन हुन प्रवक्ता भट्टले अनुरोध समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप