शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज शपथ लिँदै, थपलिया र थापा मन्त्री बन्ने

मङ्गलबार, २६ पुस २०७९, ०७ : ४१
मङ्गलबार, २६ पुस २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन । सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । 

मंगलबार बिहान ९ः३० बजे बागमती प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । उनको शपथका लागि प्रदेश प्रमुख कार्यालय हेटौंडामा तयारी भइरहेको छ । 

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता जम्मकट्टेल सोमबार ५ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई माओवादी केन्द्र २१ सांसद सहित, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना गरि ७० जना सांसदको समर्थन रहेको छ । 

मुख्यमन्त्री जम्मकट्टेलले आज नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । उनले प्रदेश सरकारमा तत्काल राप्रपा र एमालेबाट एक–एक जनाको प्रतिनिधित्व गराउने भएका छन् । यद्यपि उनीहरुलाई मन्त्रिपरिषदमा विभागीय जिम्मेवारी भने तत्काल नदिई सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हाल्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ । 

जम्मकट्टेल नेतृत्वको सरकारमा गठबन्धनका दुवै दलबाट दलका नेता नै मन्त्री बन्ने भएका छन् । एमालेले दलका नेता जगन्नाथ थपलियालाई मन्त्री बनाउने तयारी गरेको छ भने राप्रपाले दलको नेता उद्धव थापालाई मन्त्री बनाउँदै छ । दुवै जना मन्त्रीले मंगलबार नै शपथ लिने छन् । थपलियाले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री दाबी गरिरहेका छन् भने थापाले भौतिक पूर्वाधार विकास मन्त्रालय जाने आकांक्षा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप