बागमतीका मुख्यमन्त्री जम्मकट्टेल सहित ३ मन्त्रीले लिए शपथ
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित तीन जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार बिहान मुख्यमन्त्री जम्मकट्टेलसहित मन्त्रीहरू नेकपा एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धब थापाले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुख कार्यालय हेटौंडामा उनिहरुलाई शपथ गराएका हुन् ।
११० सदस्यीय प्रदेश सभाम नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेलले ७० जना सांसदको सर्मन पाएका छन् । माओवादी, एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा दावी पेश गरेका जम्मकट्टेलाई प्रदेश प्रमुख शर्माले सोमबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
उनलाई माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थन रहेको छ । जम्मकट्टेल संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
एमालेबाट मन्त्री बनेका थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी लिएका छन् भने राप्रपाबाट मन्त्री बनेका थापाको जिम्मेवारी तोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण