सरकारलाई विश्वासको मत दिने राप्रपा संसदीय दलको निर्णय
राप्रपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । राप्रपासमेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सोमबार साँझ संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । राष्ट्रिय स्वाधीनताको रक्षा, दिगो शान्ति, राजनीतिक स्थिरता, विकास र समृद्धिको जनचाहना पूरा गर्न सरकारलाई समर्थन गरिएको राप्रपाले जनाएको छ ।
राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने लगायतका पार्टीले उठाएका राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाह सम्बन्धि बुँदाहरु न्युनतम साझा कार्यक्रममा समावेश भएको भन्दै खुसी व्यक्त गरेको छ । राप्रपाले सरकारमा जाने तयारी समेत गरेको छ ।
‘हाम्रो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हाम्रा मागहरू न्युनतम साझा कार्यक्रममा समावेश गरी सहमति कायम गरिए सरकारमा सहभागी हुन सक्ने निर्णय यसअघि नै गरिसकेको छ’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ, ‘न्युनतम साझा कार्यक्रममा राप्रपाले उठाएका बुँदाहरु समावेश भएपछि अब राप्रपालाई सरकारमा समेत सहभागी हुने ढोका खुलेको छ।’
राप्रपा प्रदेश सरकारमा समेत वर्तमान सत्ता गठबन्धनबाट सहभागी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण