प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा महामन्त्रीद्वयले जनाए असहमति
मङ्गलबार, २६ पुस २०७९, १५ : ४९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका चार जना नेताले असहमति जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असहमति दर्ज गरेका हुन् । महामन्त्रीकका साथै नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति राखेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलबाहादुर केसीले चार जनाले असहमति दर्ज गरेको रातोपाटीलाई बताए । उनले भने, ‘कार्यसम्पादन समितिमा हाम्रो एजेण्डा दर्ज गर्यौँ । विश्वासको मत दिने कुरामा हाम्रो असहमति रह्यो ।’ आफूहरुले व्यक्तिगत रुपमा असहमति राखेको केसीको भनाइ छ । उनले भने, ‘हामीले आआफ्नो भाषामा आआफ्नो तरिकाले असहमति राख्यौँ।’ गगन, विश्वप्रकाश र केसी सांसद समेत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण