अनुमति नपाएका शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न चिकित्सा शिक्षा आयोगको निर्देशन
काठमाडौं । चिकित्सा शिक्षा आयोगले अनुमति नपाएका शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । अनुमति नै नपाएका शिक्षण संस्थाले प्रविणता प्रमाणपत्र तहमा विद्यार्थी भर्ना गरिरहेको भन्दै त्यस्तो नगर्न भनेको हो ।
कतिपय शिक्षण संस्थाले चिकित्सा शिक्षा तर्फ प्रविणता प्रमाणपत्र तह वा सो सरहका कार्यक्रममा सिट निर्धारण नभई विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको पाइएको आयोगले जनाएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षा तर्फका प्रविणता प्रमाणपत्र तह वा सो सरहका कक्षा सञ्चालन गर्न चाहने कुनैपनि शैक्षिक संस्थाले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार आयोगबाट कार्यक्रमगत रूपमा सिट निर्धारण भएका शैक्षिक संस्थाहरूले मात्र प्रवेश परीक्षा लिई सोको योग्यताक्रममा रहेका उम्मेदवारलाई मात्र भर्ना गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, कतिपय शिक्षण संस्थाहरूले आयोगबाट संस्थागत कार्यक्रमगत रूपमा सिट निर्धारण नभई विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको पाइएको हो । उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले भर्ना नगर्न निर्देशन दिएको हो ।
आयोगले रित नपु¥याई संस्था तथा कार्यक्रममा विद्यार्थी भर्ना प्रकृया अगाडि बढाएमा वा भर्ना गरेमा त्यस्ता विद्यार्थीलाई मान्यता नदिने जनाएको छ । त्यस्ता विद्यार्थीलाई व्यवसायिक परिषदमा दर्ता समेत नहुने आयोगले प्रष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण