आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न, ८.२५ प्रतिशत नगद लाभांश पारित

मङ्गलबार, २६ पुस २०७९, १४ : ३३
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ ।  एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । 
साधारणसभाले आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । 

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप