बलियो प्रतिपक्ष नहुँदा सरकार निरंकुश बन्ने खतरा बढ्यो : चित्रबहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बलियो प्रतिपक्ष नहुँदा सरकार निरंकुश बन्ने खतरा बढेको बताएका छन् । मंगलबार विश्वासको मतमाथिको प्रस्तावमा छलफलमा सहभागी हुँदै उनले सबै दल सरकारमा जाने र समर्थन गर्ने लहर चलेको भन्दै पूर्व प्रधानमन्त्रीहरूले संसद्मा संसद् विघटन गर्न पाउनुपर्छ भन्ने आवाज सुनेपछि आफूलाई अप्ठेरोमा परेको बताए ।
‘अझ आश्चर्यको कुरा के भने, संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले जानेको संसदीय व्यवस्था त त्यो हो । नेपालमा विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने र समर्थन गर्ने । सत्ता पक्षमा बस्नेलाई यहाँभन्दा हाइसन्चो के होला ?’, केसीले प्रश्न गरे । उनले यो कुन किसिमको समर्थन हो बुझ्न सकेको छैन भन्दै प्रमुख प्रतिपक्ष सामेल नहुँदा सत्तापक्षको स्वर सानै भएपनि उसको समेत समर्थन हुने भएपछि स्वरहरू बदलिएको बताए ।
‘हुँदाहुँदै ५१ र ५८ मा गरेको संसद् विघटन, संविधानमा नभएको व्यवस्थाअनुसार संसद् विघटन गर्न पाउनुपर्छ यो प्रजातान्त्रिक अधिकार हो भन्ने आवाज सुन्दा म धेरै अप्ठेरोमा परेको छु’, केसीले भने, ‘बलियो प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ । जे मन लाग्यो त्यही गर्छ ।’
उनले सबै सरकारमा सहभागी भएर विगतका भएका आफ्ना कमजोरी पनि ढाक्ने र त्यहीभित्र लडाइमार गर्ने एउटा पन्छाएर अर्को सरकारमा आउने चाल त होइन भन्दै यसरी देश नबन्ने केसीले बताए । ‘यो दृश्य डरलाग्दो हो’, भन्दै उनले सरकारलाई विश्वासको मत दिन नसक्ने र एक्लै भएपनि देशको पक्षमा लड्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण