लुम्बिनी प्रदेश मुख्यमन्त्रीका लागि आज दाबी पेस भएन

बुटवल । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीको लागि दाबी पेस कार्यक्रम बुधबारका लागि सारिएको छ। समर्थन गर्ने सांसदहरुको हस्ताक्षर गर्न ढिलाइ भएका कारण बुधबारका लागि दाबी पेस गर्ने कार्यक्रम सारिएको हो ।
यसअघि सत्ता साझेदार दलहरुले आजै दिउँसो ४ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी प्रस्तुत गर्न जाने तय भएको थियो । एमाले प्रदेशसभा सदस्य विष्णु पन्थीले सांदहरुको हस्ताक्षर संकलन केही सांसद काठमाडौं र कोही जिल्लामा भएकाले हस्ताक्षर संकलन गर्ने क्रम नसकिएकाले भोलि बुझाउने गरी आजको छलफल सकिएको रातोपाटीलाई बताए ।
लुम्बिनीमा सरकार बनाउन बहुमतको लागि ४४ जना चाहिन्छ । जसका लागि केन्द्रमै भएको सत्ता साझेदारको गठबन्धनको समीकरणअनुसार गिरि मुख्यमन्त्री बन्ने सहमति छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयसीमा बुधबार नै सकिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर