लुम्बिनी प्रदेश मुख्यमन्त्रीका लागि आज दाबी पेस भएन
बुटवल । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीको लागि दाबी पेस कार्यक्रम बुधबारका लागि सारिएको छ। समर्थन गर्ने सांसदहरुको हस्ताक्षर गर्न ढिलाइ भएका कारण बुधबारका लागि दाबी पेस गर्ने कार्यक्रम सारिएको हो ।
यसअघि सत्ता साझेदार दलहरुले आजै दिउँसो ४ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी प्रस्तुत गर्न जाने तय भएको थियो । एमाले प्रदेशसभा सदस्य विष्णु पन्थीले सांदहरुको हस्ताक्षर संकलन केही सांसद काठमाडौं र कोही जिल्लामा भएकाले हस्ताक्षर संकलन गर्ने क्रम नसकिएकाले भोलि बुझाउने गरी आजको छलफल सकिएको रातोपाटीलाई बताए ।
लुम्बिनीमा सरकार बनाउन बहुमतको लागि ४४ जना चाहिन्छ । जसका लागि केन्द्रमै भएको सत्ता साझेदारको गठबन्धनको समीकरणअनुसार गिरि मुख्यमन्त्री बन्ने सहमति छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयसीमा बुधबार नै सकिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण