आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

३० वटा सवारी साधनका चाकल कारबाही

मङ्गलबार, २६ पुस २०७९, २० : ०४
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । काठमाडौंको किर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने ३०  वटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ  ।

तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ‍ ३० वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।  

सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले  कीर्तिपुर क्षेत्रमा १ सयभन्दा बढी सवारी साधन चेकजाँच गरेको थियो  ।

त्यस्तै ललितपुरको सातदोबाटोमा आजै गरिएको विशेष चेकिङकै क्रममा मापदण्डभन्दा बढी धूवाँ फाल्ने १० ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले सातदोबाटोमा ३४  वटा सवारी साधनलाई चेक गर्दा १० ओटा कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले कारबाहीका क्रममा लिएका कागजपत्र फिर्ता दिइने छ । 

मापदण्डभन्दा बढी धूवाँ फाल्ने तथा अवस्था ठिक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागी कारबाही अभियानलाई तीव्रता दिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए । 

साथै अनावश्यक रूपमा हर्न बजाएर ध्वनि प्रदूषण गर्ने  ४२  जना चालकलाई  पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आजै ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप