सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

शर्मालाई मधेस प्रदेश संसदीय दलको नेता चयन गर्ने लोसपाको औपचारिक निर्णय

बुधबार, २७ पुस २०७९, ११ : ५७
बुधबार, २७ पुस २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मतले चयन भएका छन् । आज लोसपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको प्रदेश सभाका सदस्यसहित शीर्ष नेताको बैठकले शर्मालाई संसदीय दलको नेता चयन गर्ने औपचारिक निर्णय भएको पार्टीमा नेता मनिष मिश्रले जानकारी दिए । 

संसदीय दलको नेतामा पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलको दावी थियो । तर पार्टीभित्र असन्तुष्टि बढेपछि थप छलफल गरेर सर्वसम्मत रुपमा शर्मालाई नियुक्त गरिएको हो । यसअघि प्रदेश सभा लोसपाको संसदीय दलको नेतामा सोनल थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप