बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

राप्रपाको जलपानको मेनु : दुनामा समोसा, लड्डु, निम्की र चिया (फोटोफिचर)

बुधबार, २७ पुस २०७९, १४ : १६
बुधबार, २७ पुस २०७९

काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा जलपान कार्यक्रम गरेको छ । कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न दलका नेताहरू तथा नेपालस्थित विदेशी कुटनैतिक नियोगका पदाधिकारी सहभागी भएका छन् ।  जलपान कार्यक्रममा सर्वसाधारण, नेता, कार्यकर्ताका लागि र विशिष्ट पाहुनाका लागि फरक फरक चियापानको व्यवस्था गरिएको छ । जलपानको व्यवस्थापन अर्पण व्याङ्केटले लिएको छ ।  

झण्डै ३ हजार जनाका लागि जलपानको व्यवस्था गरिएपनि झण्डै ४ हजार सहभागी भएको व्याङ्केटका सिईओ शिवकुमार सरावगीले रातोपाटीलाई जानकारी दिए । सर्वसाधारणका लागि सालको पातको दुनामा लड्डु, निम्कि, समोसा, पकौडा चिया र पानीको व्यवस्था गरिएको छ ।  यस्तै भिआइपी पाहुनाका लागि स्यान्डबीच, कटलेट, गुलाव जामुन, फ्रेन्च फ्राईड,  कुकिज चिया, कफिको व्यवस्था गरिएको छ । भिआइपी करिब ५ सय जनाका लागि जलपानको व्यवस्था गरिएको छ । 

जलपानका लागि ६५ जना ३ दिनदेखि खटिएको सरावगीले जानकारी दिए ।  निम्की र लड्डु बनाउनका लागि ३ दिनदेखि ७२ जनाले काम गरेका र ३ दिनका लागि १५० जनाले काम गरको उनले बताए ।  पकौडा र समोसा भृकुटीमणडपमै बनाईएको हो भने लड्डु र निम्की भने अर्पण व्याङकेटमै तयार पारिएको हो ।  यस्तै राप्रपाले गरेको जलपान कार्यक्रममा रक्तदान कार्यक्रम, कविता वाचन कार्यक्रम, सांस्कृतिक झाँक्री प्रर्दशनको कार्यक्रम पनि गरिएको छ ।

rpp (38)rpp (39)rpp (40)rpp (41)rpp (42)rpp (43)rpp (45)rpp (46)rpp (47)

rpp (20)rpp (21)rpp (22)rpp (23)rpp (24)rpp (25)rpp (26)rpp (27)rpp (28)rpp (29)rpp (30)rpp (31)rpp (32)rpp (33)rpp (34)rpp (35)rpp (36)rpp (37)

rpp (2)rpp (3)rpp (4)rpp (5)rpp (6)rpp (7)rpp (8)rpp (9)rpp (10)rpp (11)rpp (12)rpp (13)rpp (14)rpp (15)rpp (16)rpp (17)rpp (18)rpp (19)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप