शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको सभामुखका लागि कांग्रेसबाट रावलको उम्मेदवारी दर्ता

बुधबार, २७ पुस २०७९, १४ : ३४
बुधबार, २७ पुस २०७९

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि नेपाली कांग्रेसबाट मान बहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् । 

सोमबार उनले प्रदेश सभा सचिवालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । जसका लागि आजदेखि मनोनयन दर्तालगायतका प्रक्रिया सुरु गरिएको  प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप