२४ एसएसपीको सरुवा, काठमाडौंका एसएसपी ६ महिनामै फेरिए
काठमाडौं । गृह मन्त्रालयले २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एसएसपीहरुको काज सरुवा गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बहादुर बोहरालाई ६ महिनामै सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बोहरालाई प्रहरी प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा सरुवा गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईलाई पनि ६ महिनामा हटाइएको छ । कार्यक्षमतामा कमजोर मानिएका भट्टराईलाई प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा दान बहादुर कार्की र डा मनोज कुमार केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका सिद्धि विक्रम शाहलाई पठाइएको छ । सुशिल सिंह राठौरलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगञ्जमा सरुवा गरिएको छ । जिवन कुमार श्रेष्ठलाई मानव बेचविखन अनुसन्धान ब्यूरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण