तालिबानका कारण अस्ट्रेलियाले अफगानिस्तानसँग सिरिज नखेल्ने
सिड्नी । क्रिकेट अस्ट्रेलियाले बिहीबार अफगानिस्तान विरुद्धको शृङ्खला नखेल्ने बताएको छ । तालिबानद्वारा महिलामाथि बढ्दो प्रतिबन्धको बीचमा सिरिजलाई ‘अगाडि बढाउन नसक्ने’ निर्णय गरेको अस्ट्रेलियाले जनाएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार अस्ट्रेलिया र अफगानिस्तानले युएईमा आईसीसी सुपर लिग अन्तर्गत मार्चमा तीन एकदिवसीय सिरिज खेल्ने तालिका थियो। तर क्रिकेट अस्ट्रेलियाले यो सिरिजमा सहभागी नहुने निर्णय गरेको छ ।
अस्ट्रेलियाले भनेको छ, ‘महिलाहरुलाई शिक्षा, रोजगारी, पार्क र जिममा प्रतिबन्ध लगाउने तालिबानको निर्णयपछि हामीले यो निर्णय गरेका हौँ। अस्ट्रेलिया क्रिकेट बोर्ड अफगानिस्तान लगायत विश्वभर महिला र पुरुषको खेललाई प्रवर्द्धन गर्न प्रतिबद्ध छ । अफगानिस्तानमा महिलाहरूको अवस्था सुधार्ने आशामा त्यहाँ क्रिकेट बोर्डसँग छलफल जारी रहनेछ।’
अफगानिस्तान र अस्ट्रेलियाले आगामी तीन वर्षमा दुईवटा सिरिज खेल्नुपर्नेछ । अगस्ट २०२४ मा तीन खेलको टी २० शृङ्खला र अगस्ट २०२६ मा एक टेस्ट र तीन टी २० खेलहरू प्रस्ताव गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण