सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

विवाद र झमेलै झमेलामा सकियो नेपाल टी–ट्वान्टी लिग

शुक्रबार, २९ पुस २०७९, ०७ : २८
शुक्रबार, २९ पुस २०७९

‘नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन क्रिकेट लिगको आयोजना गरेका छौं । यसमा सेभेन थ्री स्पोर्ट्सले हामीलाई सघाउने छ । जुन नेपाली क्रिकेटको लागि इतिहास हो,’  क्यानले नेपाल टी–ट्वान्टी लिगको घोषणा गर्दा दिएको अभिव्यक्ति हो यो । 

लामो समय विवादमा आएको क्यान र सेभेन थ्री स्पोर्ट्स (एसथ्री) बीचको सम्झौताले मूर्त रुप लिदा पाँचतारे होटेलमा तामझामका साथ पत्रकार सम्मेलन आयोजना गरी क्यानले लिगको घोषणा गरेको थियो । 

एसथ्री सँगको सम्झौताका लागि क्यानले दुई वर्ष खर्चेको थियो । त्यसैले, क्यानले आफ्नो ठूलो सफलताको रुपमा यसलाई लिएको थियो । कोरोना काल अघि सम्झौता गर्ने योजना बनाएको क्यानले कोरोना महामारी सकिएसँगै सम्झौतालाई मूर्त रुप दियो । 

यसै सम्झौताका विषयमा दुई मत हुँदा क्यानका पदाधिकारीहरु दुई पक्षमा बाँडिए । तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले त यो सम्झौताको विषयमा विवाद हुँदा आफूले नेतृत्व नै छोड्नुपर्ने अवस्था आएको बताएका थिए । 

तेस्रो पटक प्राविधिक कारण देखाउँदै क्यानले मिति सार्यो । नेपाली क्रिकेटको मुख्य प्रतियोगिताका रुपमा भएको प्रतियोगिता सार्ने योजनाकार क्यान भने थिएन । एसथ्रीले क्यानलाई मिति सार्न बाध्य पारेको थियो ।

त्यसपछि क्यानको एक धारले एसथ्रीलाई सम्पूर्ण अधिकारसहित नेपाल टी–ट्वान्टी लिग आयोजना गर्न अधिकार दिएको थियो । सोही अधिकारलाई प्रयोग गरी अहिले एसथ्रीले नेपाली क्रिकेटलाई पुनः गन्जागोल अवस्थामा पुर्याएको छ । 

तीन पटक मिति सर्यो 
नेपाल टी–ट्वान्टी लिग आयोजनामा समस्या भन्दै पहिलो पटक घोषणा गरेको मिति सर्यो । त्यसपछि स्थानीय निर्वाचन अघि नै हुने भनिएको नेपाल टी–ट्वान्टी लिग सुरक्षा चुनौती भन्दै सर्याे । 

तेस्रो पटक प्राविधिक कारण देखाउँदै क्यानले मिति सार्यो । नेपाली क्रिकेटको मुख्य प्रतियोगिताका रुपमा भएको प्रतियोगिता सार्ने योजनाकार क्यान भने थिएन । एसथ्रीले क्यानलाई मिति सार्न बाध्य पारेको थियो । यसअघि असोज ८ र मङ्सिर २६ गते प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो । त्यसपछि पुस ८ गते हुने भनिएको मिति एक दिन पछि सरेर पुस ९ गतेबाट भएको थियो । 

नेपाली क्रिकेट नै भारतीय कम्पनीलाई सुम्पिएको क्यान प्रतियोगितको मिति सर्ने कुरामा पनि पुरै निरीह देखियो ।

प्रत्यक्ष प्रसारणमा विवाद
नेपाल टी–ट्वान्टी लिगका ६ क्लबमध्ये एक थियो काठमाडौं नाइट्स । सुरुमा काठमाडौं क्यापिटलबाट नाम परिवर्तन भएर काठमाडौं गोर्खाज हुँदै काठमाडौं नाइट्सम्म यो टोली पुग्यो । 

सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएपनि हालसम्म खेलाडीले सबै रकम पाएका छैनन् । 

कान्तिपुर मिडिया ग्रुपले यो टिमलाई खरिद गरेको थियो । अदालतमा विवादित मुद्दा भएका कारण आफूले टिम लिन मानेन । त्यसपछि क्यानले हतारमा नयाँ टिम मालिक पनि खोज्यो । कान्तिपुरले टिम लिने मात्र होइन, लिगको प्रत्यक्ष प्रसारण गर्न पनि नमान्दा क्यानले हतारोमा एक्सन स्पोर्ट्सलाई प्रत्यक्ष प्रसारण गर्ने अधिकार दिएको थियो । 

खेलाडीको पारिश्रमिकको अर्को विवाद 

विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्स बीचको खेल ९ ओभरको मात्र भयो । खेलाडीले पारिश्रमिक नपाएको भन्ने विषय उठान गरेको कारण खेल नै अवरुद्ध भयो । 
खेलाडीहरुले पारिश्रमिक नपाएपछि नखेल्ने निर्णय लिएका थिए । पछि क्यानका पदाधिकारीहरुले खेलाडीलाई समयमै पैसा उपलब्ध गराउने बताएपछि खेल सुरु भएको थियो । 

सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएपनि हालसम्म खेलाडीले सबै रकम पाएका छैनन् । तर, लुम्बिनी र पोखराका खेलाडीहरुले भने आफूहरुले पैसा पाएको बताएका थिए । अन्य टिमका खेलाडीहरुले पुरै पैसा पाए नपाएको हालसम्म यकिन छैन । 

स्पट फिक्सिङको चर्चा र छानविन 
भारतीय कम्पनीले नेपाल टी–ट्वान्टी क्रिकेटको जिम्मेवारी लिएको दिनमै लिगमा फिक्सिङको प्रवल सम्भावना थियो । यस विषयमा विभिन्न माध्यमबाट आलोचना पनि भैरहेको थियो । 

नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सिनाले स्पट फिक्सिङको कुरा निकालेपछि त लिगमा भइरहेको क्रियाकलापप्रति धेरैको चासो भयो ।

नभन्दै लिग सुरु भएको दिनदेखि नै खेलमा रोचक तथ्यहरु फेला पर्न थाले । एकै ओभरमा दुईदेखि धेरै नो बल हुने, ब्याट्सम्यान आएर बलिङ गर्दै विकेट लिने, म्यानेजमेन्टबाट यति भन्दा धेरै रन नबनाउनु भनेर खेलाडीहरुलाई उर्दी गर्ने जस्ता क्रियाकलापले त्रिवि क्रिकेट मैदानमै आलोचना सुरु भयो । 

धेरै खेलाडीहरुले स्पट फिक्सिङको विषय तथा आफूहरुलाई आएको ‘अफर’को कुरालाई लिएर क्यान तथा सिआईबीलाई खवर गरे । त्यही सूचनाअनुसार क्यानले केही खेलाडी तथा म्यानेजरलाई पदबाट हटाएपनि कारवाही भने गर्न सकेन । 

नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सिनाले स्पट फिक्सिङको कुरा निकालेपछि त लिगमा भइरहेको क्रियाकलापप्रति धेरैको चासो भयो । तिमिल्सिनाले यस्तो परिस्थितिमा कमेन्ट नगर्ने भनेर मैदानस्थल छाडे । 

यता प्रतियोगिताको टोली काठमाडौं नाइट्का कप्तान ज्ञानेन्द्र मल्लले पनि स्पट फिक्सिङका लागि आफ्नो टोलीका खेलाडीलाई अफर आएको तर आफूहरुले त्यसको विषयमा वास्ता नगरेर सिआईबीलाई जानकारी गराएको बताए । 

रातारात ट्रफी परिवर्तन 
नेपाल टी–ट्वान्टी लिगले वान एक्स ब्याटको लोगोसँगै एक ट्रफी तयार पार्यो । एसथ्रीले बनाएको उक्त ट्रफी आईसीसी टी–ट्वान्टी विश्वकपको जस्तो थियो । 

क्वालिफायर खेलमा सार्वजनिक गरेको उक्त ट्रफीलाई क्यानले एक दिनमा नै परिवर्तन गर्न लगाएको थियो । क्यानले पहिलाको ट्रफीलाई हटाएर फाइनलको दिन नयाँ ट्रक्वालिफायर खेलमा सार्वजनिक गरेको उक्त ट्रफीलाई क्यानले एक दिनमै परिवर्तन गर्न लगाएको थियो । क्यानले पहिलाको ट्रफीलाई हटाएर फाइनलको दिन नयाँ ट्रफी ल्यायो । 

आलोचनाको विषयमा कुनै धारणा नराखेर क्यानले रातारात गैरजिम्मेवारीपूर्ण तरिकाले उपाधि ट्रफी नै परिवर्तन गरेको थियो । त्यसको पनि सर्वत्र आलोचना भयो । सो ट्रफी नेपालले जितेको सिरिज तथा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको पहिलो भएको टोलीको जस्तै देखिएको विषयमा चर्चा भएको थियो । 

टिमहरुलाई थमाइयो रित्तो चेक 
नेपाल टी–ट्वान्टी लिगका टिमहरुले पुरस्कार पाए । च्याम्पिनय टिम लुम्बिनीले ५५ लाख रुपैया पायो । त्यस्तै दोस्रो हुने विराटनगरले ३० लाख रुपैया पायो । 

योसँगै तेस्रो र चौथो हुने टोली, उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, इमर्जिङ खेलाडी लगायतले पुरस्कार पाए । तर, उनीहरुले पाएको पुरस्कार कहिले हात पार्छन् भन्ने विषयमा भने अहिलेसम्म निश्चित छैन । किनकि उनीहरुको हातमा रित्तो चेक परेको छ ।

क्यानले पनि विभिन्न कारणवश पुरस्कार पाउन केही समय लाग्ने भनेको छ । डलर सटही र अन्य प्राविधिक समस्या भन्दै क्यान पन्छिएको छ । तर, आयोजक एसथ्री नै फरार भएको सीआईबीले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप