मधेश प्रदेश माओवादी संसदीय दलको नेतामा साह
शुक्रबार, २९ पुस २०७९, १२ : ३३
जनकपुरधाम । मधेश प्रदेश माओवादी केन्द्रको संसदीय दलको नेता चयन भएको छ । शुक्रबार जनकपुरधाममा भएको निर्वाचनबाट दलका नेतामा भरतप्रसाद साह चयन भएका हुन् । दलको नेताका लागि भरतप्रसाद साह र युवराजप्रसाद भट्टराईले उम्मेदवारी दिएका थिए । साहको ६ मत पाउँदै संसदीय दलको नेता चुनिएका छन् भने भट्टराईले ३ मत पाएका छन् ।
महोत्तरी १(२) बाट निर्वाचित साह यसअघि पनि दलका नेता थिए । मधेश प्रदेशमा माओवादी केन्द्रका ८ सांसद छन् । पार्टीभित्र रहेको आन्तरिक विवादका कारण यस प्रदेशमा माओवादी केन्द्रको दलको नेता चयन हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण