शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश माओवादी संसदीय दलको नेतामा साह

शुक्रबार, २९ पुस २०७९, १२ : ३३
शुक्रबार, २९ पुस २०७९

जनकपुरधाम । मधेश प्रदेश माओवादी केन्द्रको संसदीय दलको नेता चयन भएको छ । शुक्रबार जनकपुरधाममा भएको निर्वाचनबाट दलका नेतामा भरतप्रसाद साह चयन भएका हुन् । दलको नेताका लागि भरतप्रसाद साह र  युवराजप्रसाद भट्टराईले उम्मेदवारी दिएका थिए । साहको ६ मत पाउँदै संसदीय दलको नेता चुनिएका छन् भने भट्टराईले ३ मत पाएका छन् ।

महोत्तरी १(२) बाट निर्वाचित साह यसअघि पनि दलका नेता थिए । मधेश प्रदेशमा माओवादी केन्द्रका ८ सांसद छन् । पार्टीभित्र रहेको आन्तरिक विवादका कारण यस प्रदेशमा माओवादी केन्द्रको दलको नेता चयन हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप