कंगोमा सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या

सशस्त्र समूहले कंगोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ । कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो ।
सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण नागरिक घाइते बनाएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार यस हप्ता यहाँको इतुरी प्रान्त र अर्को डिजुगु प्रान्तमा हिंसा फैलिएको छ । यहाँको विद्रोही समूह सोडेकोले पछिल्ला केही दिनयता हत्या हिंसाको शृङ्खला बढाएको कङ्गोमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले जानकारी दिएको छ ।
कङ्गोमा संयुक्त राष्ट्रसङ्घका शान्ति सेना रहेका छन् । शान्ति मिसनमा रहेका शान्ति सेनामाथि पनि यहाँको सोडेको समूहका हतियारधारीहरुले हमला गर्ने गरेका छन् । सो हमलामा परेर यहाँ कार्यरत शान्ति सैनिक पनि मारिने गरेका छन् ।
पछिल्लो समयमा शान्ति सेनाले यहाँका कतिपय हिंसाग्रस्त क्षेत्रमा तैनाथ पनि बढाएको छ । यसक्रममा उनीहरुले यहाँका सर्वसाधारणलाई सुरक्षा दिने र उनीहरु विस्थापित हुनुपर्ने अवस्था आएमा त्यस्तो हुनबाट रोक्ने काम गरिरहेका बताइएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु