बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राँगो चोरी गर्ने मोहमद प्रहरी नियन्त्रणमा

शनिबार, ३० पुस २०७९, १३ : ११
शनिबार, ३० पुस २०७९

झापा ।  झापा गाउँपालिका वडा नं. ४ का अमालो मियाँको गोठबाट २ राँगो चोरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

चोरीको अबर पाउनासाथ प्रहरीले स्थानीय मानिसहरूको सहयोगमा खोजतलास गर्दै जाँदा नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट २२ वर्षीय मोहमद नजिरलाई नियन्त्रणमा लिएको छ । 

उनीसहित आजाहार महमद, ईजाहुल हक र गोदा (तत्काल नाम,थर नखुलेको)ले मिलेर राँगो चोरी गरेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप