दादुरा खोपको खागजी कभरेज छताछुल्ल
नेपालगञ्जमा हरेक महिना ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । दादुराको खोप बच्चालाई दुईपटक लगाउनुपर्छ, ९ महिना र १५ महिनामा । यो अवधिमा छुटेका बच्चालाई ५ वर्षभित्रमा खोप लगाइन्छ। नेपालगञ्जलाई गत वर्ष नै पूर्णखोप सुनिश्चित घोषणा गरिसकिएको छ। यहाँको खोपको कभरेज ९७ प्रतिशत बढी छ ।
सरकारी निकायको यो झन्डै शतप्रतिशत कभरेजलाई अहिले देखिएको दादुरा संक्रमणले 'कागजी कभरेज'का रूपमा पुष्टि गरेको छ । किनकि, त्यही सरकारी निकायले अहिले देखिएका दादुराका संक्रमितले नियमित खोप नलगाएको बताइरहेका छन् ।
एकातिर ९७ प्रतिशत कभरेज देखाएर पूर्ण खोप घोषणा गर्ने अर्कोतिर खोप नलगाएका व्यक्तिमा दादुरा संक्रमण देखिएको पुष्टि गर्ने सरकारी अधिकारीको भनाइले खोपको कभरेजमा ठूलो प्रश्न उब्जिएको छ ।
सरकारी निकायले निर्धारण गर्ने लक्ष्य र कभरेज प्रतिशत पनि नमिलेको देखिएको छ । जस्तै, नेपालगञ्ज ५ मा १ हजार ४ सय ७४ जना लक्षित गरिएको छ। पुस २२ गतेदेखि २९ गतेसम्ममा यो वडामा १ हजार ६ सय ५७ जनाले खोप लगाइसकेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण