अमेरिकी आर बोनी गेब्रिएल बनिन् नयाँ मिस युनिभर्स
अमेरिका । ‘मिस युनिभर्स २०२२’ को ताज अमेरिकाकी आर बोनी गेब्रिएलले जितेकी छन् । अमेरिकाको लुइसियाना राज्यको न्यू अर्लिन्स शहरमा शनिबार सम्पन्न ७१ औं संस्करणको प्रतियोगितामा विश्वभरका ८४ प्रतियोगीलाई पछि पर्दै गेब्रिएलले ताज हासिल गरेकी हुन् । ‘मिस युनिभर्स २०२१’ की विजेता हरनाज सन्धुले आफ्नो ताज गेब्रिएललाई लगाइदिएकी थिइन् ।
प्रतियोगितामा भेनेजुएलाकी अमान्डा डुडामेल फस्ट रनर अप र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज सेकेन्ड रनर अप भए । प्रतियोगितामा भारतकी दिविता राई सेमिफाइनलमा पुगेर बाहिरिएकी छिन् । नेशनल कस्ट्युम राउण्डमा उनले सुनौलो चरा बनेर ध्यान सबैको ध्यान खिच्न सफल भएकी थिइन् ।
प्रतियोगिताको फाइनल राउण्डमा शीर्ष तीन प्रतियोगीलाई तपाईहरुले ताज जित्नुभयो भने यस संस्थालाई बलियो र प्रगतिशील संस्थाको रुपमा देखाउन के गर्नुहुन्छ ? ग्रेबिएलको जवाफले उनलाई विजेता बनायो । यस सौन्दर्य प्रतियोगिताको उद्देश्य विश्वभरका महिलाहरुलाई प्रोत्साहित गर्नु रहेको छ ।
रिपोर्टका अनुसार यस पटकको मिस युनिभर्सको ताज निकै खास छ । यसपटक ताजलाई ‘फोर्स फर गुड’ नाम दिइएको छ । यो ताजको लागत करिब ४९ करोड भारु रहेको छ । यस प्रतियोगिताको पहिलो उपाधि आर्मी कुसेलाले जितिन् । अमेरिकाको मिस युनिभर्स अर्गनाइजेसनले यो सौन्दर्य प्रतियोगिता आयोजना गरेको हो । रिपोर्टका अनुसार यसको वार्षिक बजेट करिब १०० मिलियन डलर छ । गत वर्ष भारतका हरनाज सन्धुले यो प्रतियोगिता जितेर भारतलाई गौरवान्वित गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण