विमान दुर्घटनास्थलबाट निकालिएको शव गण्डकी अस्पतालमा
काठमाडौँ । यति एयरलाइन्सको विमान पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचमा दुर्घटना भएको छ । एन एएनसी एटीआर विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौं विमानस्थलबाट पोखरातर्फ उडेको थियो ।
विमानमा २ बच्चा, १० जना विदेशी सहित ६८ यात्रु सवार थिए । क्याप्टेन कमल केसीसहित चालक दलका ४ जना सदस्य सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ । उद्धार कार्य जारी रहेको र काठमाडौँमा एयर एम्बुलेन्स र अस्पतालहरुसँग समन्वय गरिएको गण्डकी प्रदेशका डीआईजी रामदत्त जोशीले रातोपाटीलाई बताए । जोशीले भने– ‘घाइतेहरुको उपचारका लागि काठमाडौंमा एयर एम्बुलेन्स र अस्पतालसँग समन्वय गरेका छौं ।’ उद्धारमा नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
-
‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण