मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

यति एयरलाइन्स दुर्घटना : ५३ जना नेपाली, १५ जना विदेशी यात्रु सवार

आइतबार, ०१ माघ २०७९, १३ : ३९
आइतबार, ०१ माघ २०७९

काठमाडौँ ।  पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए ।

नागरिक उड्डयन प्राधिकरण अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए । बाँकी ५३ जना नेपाली यात्रु रहेका थिए ।

यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नअघि दुर्घटना भएको थियो । विमानस्थललाई हाल बन्द गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप